गोरखा, मंगलबार, २७ माघ २०७७ । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा शुभारम्भ गरिएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नं २ थालाजुङमा जेष्ठ नागरिक घरभेट स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा शुभारम्भ गरिएको हो । सिरानचोक २ थालाजुङ निवासी १०२ वर्षिय जेष्ठ नागरिक हर्क वहादुर गुरुङको निःशुल्क स्वास्थ्य जाँच गरी उक्त सेवा शुभारम्भ गरिएको थियो ।
उक्त स्वास्थ्य सेवा गाउँपालिकाका सवै वडाहरुमा ७५ वर्ष माथिका सवै नागरिकहरुलाई प्रदान गरिनेछ ।