गोरखा, २०७४ साल कात्तिक १९ गते आइतबार । सिरानचोक गाउपालिकाको केन्द्र आम जनतालाई उपयुक्त हुनेगरी गाउपालिकाको केन्द्र निर्धारण गर्ने प्रस्तावित स्थलहरुको सामाजिक , भौगोलिक, बातावरणीय तथा अन्य बिबिध बिषयमा अध्ययन अनुसन्धानका आधारमा सिरानचोक गाउपालिकाको केन्द्र निर्धारण गर्ने प्रस्तावित स्थलहरुको निरीक्षण कार्य सम्पन्न भएको छ ।
इन्जिनियर हरिभक्त गुरुङको संयोजकत्वमा भूर्गवविद डा. ढुण्डीराज पाठक , वातावरणविद अम्बिका के.सी. , समाजशास्त्री धनमान गुरुङ , ग्रामिण बिकाशविद मनिषा राणा र भौतिक पूर्वाधारविद बासु तिवारी साहितका सदस्यहरुको विशेषज्ञ समिति २०७४ साल कात्तिक १५ गते गाउ कार्यपालिकाको बैठकबाट निर्धारण गरिएको सिरानचोक गाउपालिका कार्यकारी अधिकृत शिब बहादुर गुरुङले जानकारी दिनुभयो ।
उक्त विशेषज्ञ समिति चोरकाटे, छोप्राक मैदान , चित्रे पोखरी , गाग्रेडाडा , थामडाडा , राम्चे , हिमचुली, इलिम पोखरी र चिप्लेटीको सिरानचोक गाउपालिकाको आम जनतालाई उपयुक्त हुनेगरी केन्द्र निर्धारण गर्ने प्रस्तावित स्थलहरुको निरीक्षण विशेषज्ञ समिति लगायत रास्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख मोती गुरुङ , सिरानचोक गाउपालिका अध्यक्ष राजु गुरुङ , सिरानचोक गाउपालिका उपाध्यक्ष रीता देबकोटा , सिरानचोक गाउपालिका कार्यकारी अधिकृत शिब बहादुर गुरुङ , सिरानचोक गाउपालिका वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ , दिपक हमाल , सन्तोष गुरुङ , सुरज ढकाल लगायत स्थानिय बासिन्दाले प्रस्तावित स्थलहरुको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
सिरानचोक गाउपालिकाको केन्द्र आम जनतालाई उपयुक्त हुनेगरी प्रस्तावित स्थलहरुको स्थलगत निरीक्षणको आधारमा उपयुक्त केन्द्र निर्धारण गरी गाउपालिकालाई प्रतिबेदन पेश गर्ने प्रस्तावित स्थलहरुको विशेषज्ञ समितिका संयोजक इन्जिनियर हरिभक्त गुरुङले जानकारी दिनुभयो ।
“आम जनतालाई उपयुक्त हुनेगरी गाउपालिकाको केन्द्र निर्धारण गर्ने प्रस्तावित स्थलहरुमा पनि उपयुक्त स्थानलाई छनौट गरी सिरानचोक गाउपालिकालाई भबिष्यमा स्मार्ट सिटिको रुपमा बिकाश गरी भौतिक पुर्बाधारले सम्पन्न गाउपालिकामा सम्पूर्ण कार्यालयलाई एकै ठाउमा रहेने योजना सहित कात्तिकको अन्तिमसम्म प्रतिबेदनको आधारमा कार्यपालिकाको बैठक बाट छलफल गरी आम जनतालाई उपयुक्त हुनेगरी सिरानचोक गाउपालिकाको केन्द्र निर्धारण गरिने सिरानचोक गाउपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।”