Friday, March 5, 2021
More

    सिरानचोक गाउँपालिकाको स्थानिय योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण सुरु

    गोरखा, २०७४ साल चैत्र २३ गते शुक्रबार | सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सिरानचोक गाउँपालिका छोप्राक र ग्रामिण विकास प्रशिक्षण केन्द्र कलवलगुरी, भद्रपुर, झापाको संयुक्त आयोजनामा सिरानचोक गाउँपालिकाका निर्वाचित जन-प्रतिनिधिहरुका लागि स्थानिय योजना तर्जुमा प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ |

    सिरानचोक गाउँपालिका वडा नं. २ थालाजुङ्गमा चैत्र २४ गतेसम्म उक्त प्रशिक्षण जारी रहनेछ | “गाउँपालिकाको वडा स्तरबाट छलफल भएको आयोजनाहरु लाईकसरी  प्राथमिकीकरण गर्ने र नमुना युक्त योजनाहरु कसरी छनौट गर्ने भन्ने बिषयहरु तल्लो तहमा नै आधारभूत रुपमा  छलफल गरी  ल्याउनुपर्ने तथा गाउँसभामा / वडासमितिमा सबै सदस्यहरुलाई योजनाको बिषयमा गम्भीर रुपले छलफल गरी जानकारी  गराउने उद्धेश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ जानकारी दिनुभयो”|

    स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रममा जिल्लामा र गाउँपालिकाहरु मध्येमा पहिलो पटक आयोजित कार्यक्रममा सिरानचोक गाउँपालिकाका शाखा प्रमुख, ८ वडाका वडा अध्यक्ष तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

    उक्त कार्यक्रममा सिरानचोक गाउँपालिकाकी उप-प्रमुख रिता देवकोटा र प्रशिक्षक कृष्णप्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो |

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here