गोरखा, मंगलबार, २७ जेठ २०७७ । सिरानचोक गाउँपालिकामा क्वारेन्टिनमा बस्नु भएका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ १० गतेदेखि १६ गतेसम्ममा भारतबाट आएर सिरानचोकका बिभिन्न क्वारेन्टिनमा बसेका १३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

रिपोर्ट अनुसार आहाल भञ्ज्याङ मा बि थालाजुङको क्वारेन्टिनमा रहेका २ जना, जन ज्योती मा वि चिप्लेटीमा रहेका ५ जना, हिमाली मा वि गाँखुमा रहेका ६ जना रहेको गाउँपालिकाले जनाएको छ । उहाँहरुको स्वाव संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here