February 24, 2024
पालिका विशेष

सिरानचोक गाउँपालिकामा लम्पी स्किन रोगबाट २ हजार २५९ वटा पशुमा संक्रमण

गोरखा, बुधबार, १३ मङ्सिर २०८० । लम्पी स्किन रोगबाट गोरखामा करिब २१ हजार पशु संक्रमित भएका छन् । संक्रमणबाट करिब १५ सय पशु मरेको र किसानको साढे २ करोड बरावरको क्षती भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी टिकाबहादुर नेपालीका अनुसार लम्पी स्किन संक्रमणबाट जिल्लाका ११ वटै स्थानिय तहमा २० हजार ७८२ वटा पशुमा संक्रमण देखिएको छ । यो रेकर्ड भाद्र १९ गतेसम्मको मात्र भएको उनले जानकारी दिए । संक्रमण भएका पशु मध्ये १ हजार ४६३ वटा पशु मरेको पनि उहाँले बताउनुभयो ।

सूचना अधिकारी नेपालीले भन्नुभयो ‘जिल्लाको सबै पालिकामा गरेर २० हजार ७८२ वटा पशुमा संक्रमण देखिएको थियो । ‘संक्रमित मध्ये १ हजार ४६३ वटा पशु मरेको रेकर्ड कार्यालयलाई उपलब्ध भएको छ ।’ यती ठुलो संख्यामा पशु मर्दा किसानलाई २ करोड ३२ लाख ८९ हजार बरावरको क्षती भएको पनि कार्यलयले जनाएको छ ।

संक्रमणबाट मरेका पशुहरुको क्षती पुर्ती न सरकारले दिएको छ न त विमा संस्थानले नै । महामहारीमा परी मरेका पशुको बिमा गराउने कम्पनीले क्षती नदिने पनि कार्यालयले जानकारी दिएको छ ।

संक्रमणबाट सबैभन्दा धेरै पशु शहिदलखन गाउँपालिकामा मरेका छन् । जहाँ २ हजार ४९ वटा पशुमा संक्रमण देखिदा ३८९ वटा पशु मरेका थिए । त्यस्तै सिरानचोक गाउँपालिकामा २ हजार २५९ वटा पशुमा संक्रमण देखिदा २४९ वटा पशु मरेको पनि सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा ३ हजार ४०५ वटा पशुमा संक्रमण देखिएको थियो । उक्त पालिकामा १९० वटा पशु मरेका थिए । त्यस्तैगरी, बारपाक सुलिकोटमा २ हजार २१५ वटा पशुमा संक्रमण देखिदा १४१ पशु मरेका थिए भने भिमसेनथापा गाउँपालिकामा १ हजार ८०५ वटा पशुमा संक्रमण देखिदा १३५ वटा मरेका थिए ।

कार्यालयले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिकामा ३ हजार ४४१ पशुमा संक्रमण देखिदा १०५, पालुङटार नगरापालिकामा ५१६ वटा पशुमा संक्रमण देखिदा ७४, अजिरकोटा गाउँपालिकामा १ हजार ४९९ पशुमा संक्रमण हुदा ६१, धार्चे गाउँपालिकामा ९८८ पशुमा संक्रमण हुदा ५३ र गोरखा नगरपालिकामा ३३० वटा पशुमा संक्रमण हुदा ४६ वटा तथा चुमनुब्री गाउँपालिकामा २ हजार २७५ वटा पशुमा संक्रमण देखिदा २० वटा पशु मरेको छ ।

संक्रमणका कारण सबैभन्दा धेरै गोरु मरेका छन् । संक्रमणबाट ९२९ गोरु, ३४९ गाई, १५८ बाच्छाबाच्छी, १९ भैसी र ८ वटा पाडापाडी मरेको थिए । त्यस्तैगरी १२ हजार ८२ गोरु, ६ हजार ६३६ गाई, १ हजार ८५४ बाच्छाबाच्छी, १२१ भैसी र ५६ पाडापाडी तथा ३३ वटा रागाँमा संक्रमण देखिएको पनि कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा संक्रमण फैलिए संगै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले ५ हजार ४०० र स्थानिय तहले ६ हजार ४०० पशुलाई लम्पी स्किन बिरुद्व खोप लगाएको पनि कार्यालयका सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *