Friday, February 26, 2021
More

    सिरानचोक गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता

    गोरखा, २०७४ साल फागुन १३ गते । सिरानचोक गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम अगाडी बढाएको छ ।

    आगामी शैक्षिक शत्रलाई व्यवस्थित बनाउने उदेश्यका साथ शिक्षामा विशेष जोड दिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । ‘हाम्रो पहिलो प्रार्थमिकता शिक्षा हो, शिक्षा क्षेत्रलाई कसरी व्यवस्थित र गुणस्तयुक्त बनाउन सकिन्छ भनेर लागि परिरहेका छौ ।’ सोका लागि मंगलबार शैक्षिक अन्तरक्रिया तथा योजना निर्माण सम्बन्धी छलफल कार्यक्रम भएको छ ।

    गाउँपालिकाको आयोजना, गाउँ शिक्षा शाखाको व्यवस्थापन तथा शिक्षा समितिको समन्वयमा भएको कार्यक्रमले गाउँपालिकाको एउटै शैक्षिक क्यालेण्डर बनाउने निर्णय गरेको छ । यसैगरी शिक्षक, विद्यार्थी र अभिभावकहरुका लागि छुट्टा/छुट्टै आचार संहिता निर्माण गर्ने, विद्यालयको शैक्षिक, भौतिक तथा नव प्रवद्र्धनात्मक योजना निर्माणका बारेमा पनि बृहत छलफल भएको गाउँ शिक्षा शाखाका ज्ञानेन्द्र पोखरेलले बताए । ‘ शिक्षा क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला र विद्यालयका हेडसरहरु वीच व्यापक छलफल गरेका छौ’ उनले भने ‘अब निर्णयहरुलाई डूाफ गर्दै डकुमेन्टेसन गरी कार्यान्वयनमा समेत ल्याउनेछौ ।’

    विद्यालयहरुले आगमी वर्षका लागि गर्ने शैक्षिक क्यालेण्डरमा दैनिक, साप्ताहि, मासिक, त्रैमासिक तथा वार्षिक कार्यक्रमहरुलाई व्यवस्थित ढङ्गले लिपीवद्ध गर्ने योजना गाउँपालिकाको छ । शिक्षा क्षेत्रलाई व्यवस्थीत बनाउन विद्यालय संमायोजन, कक्षा कटौती, दरबन्दी मिलान र सरुवाको काम अगाडी बढाउने गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनु भयो । ‘जहाँ जस्तो शिक्षक आवश्यक छ, धेरै विद्यार्थी भएको विद्यालयमा तल्लो तहका शिक्षक घटाउँदा पनि माथिल्लो तह सम्म पढाउन सक्नेललाई प्राथमिकतामा राख्ने योजना बनाएका छौ’ गुरुङले भने ।

    गाउँपालिका भित्रका ५० विद्यालयका प्रधानाध्यापकहरु सहभागी भएको उक्त कार्यक्रममा विद्यालयहरुमा भएका समस्या, अवसर र चुनौतिका बारेमा छलफल भएको थियो । गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतमा भएको उक्त कार्यक्रममा गाउँ शिक्षा शाखाका प्रमुख दामोदर रेग्मी, गाउँपालिकाका प्रशासकिय अधिकृत शिव गुरुङ, गाउँ शिक्षा समितिका कृष्ण पोखरेल लगायत शिक्षा समाज बिकासको पहिलो आधार भएको भन्दै सिरानचोक गाउँपालिकालाई शिक्षाको क्षेत्रमा नमूना बनाउने गरी काम गर्न आग्रह गरेका थिए ।

    माध्यामिक विद्यालयहरुले भने आफ्नो शैक्षिक स्तर सँगै आफू मातहका विद्यालयहरुलाई पनि सँगै लैजान पहल गर्ने बारेमा पनि छलफल भएको छ । ‘लिडर स्कूलहरुले फिडर स्कूलहरुको शैक्षिक स्तर नउकास्दा सम्म उसको पनि शैक्षिक स्तर उकासिन नसक्ने भन्ने बारेमा सबै एक मत हुनुभएको छ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ।

    शिक्षा क्षेत्रलाई पहिलो प्रार्थमिकतामा राखेर ५० विद्यालय मध्ये ४२ वटाको स्थलगत अनुमन समेत गरेको उनले बताएका छन् । उनले आगमी शैक्षिक सत्रको सुरुबाट नतिजा देखिन गरी काम गर्न विद्यालयका प्रधानाध्यापक र गाउँ शिक्षा शाखालाइ समेत निर्देशन दिएका छन् । सिरानचोक गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो जोड दिएर शैक्षिक बसाई सराई रोक्ने रणनीति बनाएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here