Monday, March 1, 2021
More

    सिरानचोक गाउँपालिका-१ केराबारीमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

    गोरखा, राजु मियाँ,  २०७५ साल पौष १८ गते बुधबार । सिरानचोक गाउँपालिकाको आयोजनामा आर्थिक बर्ष २०७५/७६ को वार्षिक बजेटबाट नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । सिरानचोक गाउँपालिका वडा न १ केराबारी वडा महिला सदस्य तथा गाउँ कार्यपालिका सदस्य मनिता गुरुङको प्रमुख आतिथ्यतामा शिबिर सञ्चालन गरिएको थियो ।

    सिरानचोक गाउँपालिका वडा न-१ केराबारीमा सोमबार नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । उक्त नि:शुल्क स्वास्थ्य शिबिरमा १३७ जना बिरामीले स्वास्थ्य परिक्षण गराउनुको थियो ।

    नि:शुल्क स्वास्थ्य शिबिरमा १७ जनामा पाठेघर मुखको क्यान्सरको पूर्व परिक्षण गरिएको थियो, जसमा २ जना बिरामीमा पाठेघर मुखको क्यान्सर हुन सक्ने सम्भावना भएको हुनाले (स्क्रीनिङ पछि) conformatory test को लागि रेफर गरिएको छ ।  त्यसैगरी, हाड जोर्नी, नशा सम्बन्धी रोग, श्वास-प्रश्वास- दम, खोकी, सामान्य घाउ खटिरा, स्त्री रोगका बिरामीले  स्वास्थ्य लाभ लिनु भएको सिरानचोक गाउँपालिकाका स्वास्थ्य संयोजक टुकमान श्रेष्ठले जानकारी दिनुभयो ।

    जौबारी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुजाता नगरकोटि, सिरानचोक गाउँपालिकाका स्वास्थ्य संयोजक टुकमान श्रेष्ठ, सिरानचोक गाउँपालिकाकाकी अनमी सम्झना पोख्रेल, केराबारी स्वस्थ्यचौकीका प्रमुख मजरे आलम मन्सुरी, जौबारी प्राथमिक स्वास्थ्य केन्द्रकी सिनिअर स्टाफ नर्स सृष्टि थपलिया, केराबारी स्वास्थ्य चौकीका सि.अ.हे .ब. रामचन्द्र धिमिरे, केराबारी स्वास्थ्य चौकीकि सि.अ.हे .ब. सुस्मिता कोइराला,  अ.न.मी प्राप्ति राना, अनमी रोजिना परियार लगायतको सहयोगमा उक्त शिबिर समापनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here