Friday, February 26, 2021
More

    सिरानचोक गाउँपालिका-२ थालाजुङले आफ्नै भवनबाट सेवा सुचारु

    गोरखा, २०७५ साल बैशाख २१ गते शुक्रबार | सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङले आफ्नै नया भबनबाट काम सुचारु गरेको छ | करिब डेढ वर्ष लगाएर आइ.एन.एफ नेपालको आर्थिक सहयोगमा, होम निर्माण सेवाले निर्माण गरेको उक्त भवनको बिहीबार राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । 

    आइ.एन.एफ नेपालकी कार्यकारी निर्देशक गंगा सुवेदीले सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङलाई साँचो हस्तान्तरण गरेपछि सोहि साँचो थालाजुंगका वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई नवनिर्मित भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

    प्रमुख अतिथि सुरेन्द्र पाण्डेले संघियतामा गएको मुलुकमा वडा कार्यालयको आफ्नै भवन हुनु राम्रो र खुसीको कुरा हो,  ‘अब यो भवनबाट हुने सेवा सुविधा कस्तो हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ’ भन्नुभयो |

    उक्त कार्यक्रममा आइ.एन.एफ नेपालका कार्यकारी अधिकृत गंगा सुबेदीले समग्र थालाजुङबासीले भरपुर उपयोग गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

    कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले शुभकामना मन्तब्य दिने क्रममा सिरानचोक गाउँपालिकाका अरु वडा कार्यालयभन्दा २ नम्बरमा भएको वडा कार्यालय भौतिक रुपमाले अब्बल रहेको बताउनुभयो र ‘गाउँपालिकाको  आफ्नो भवनमा छैन, ‘थालाजुङ्गमा आफ्नो ठाउमा आफ्नै नया भवन प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो’ |

    ५५ लाख ६८ हजार रुपैँयामा बनेको उक्त भवन निर्माणका लागि थालाजुङ सामुदायिक विकास केन्द्र यूकेले जग्गा उपलब्ध गराएको थियो ।

    उक्त नवनिर्मित वडा कार्यालयमा आइ.एन.एफले करिब एक लाख रुपैँया बराबरको आवश्यक फर्निचर सामाग्रीहरु समेत सहयोग गरेको आइएनएफका समुदायमा आधारित पुर्नस्थापना अधिकृत हिरा शाहीले जानकारी दिनुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here