गोरखा, शुक्रबार, ९ असोज २०७७ । गोरखाको सिरानचोक गाउँपालिका वडा न ७ खहरे बजार सिल गरिएको छ । भक्तपुरबाट कोरोना संक्रमित एक महिला गाउँपालिका-७ खहरे आएपछि तत्कालका लागि खहरे बजार सिल गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

सिल गरिएको क्षेत्र खहरे खोलाको पुल, बालज्योती प्रा बि भबन क्षेत्र भित्रको बस्ती सिल गरिएको अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा कोरोना संक्रमित महिलाको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरेर रिपोर्ट नआउँदासम्म स्थानीयलाई घर भित्रै बस्न, पसल, ब्यापार ब्यवसाय बन्द गर्न अध्यक्ष राजु गुरुङले अनुरोध गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here