वडा नं.८ सिरानचोक

सिरानचोक गाउँपालिका ८ जौबारीमा नि:शुल्क आखाँ शिविर हुदैँ

गोरखा, बिहीबार, ६ असोज २०७९ । गोरखाको सिरानचोकमा आखाँ शिविर हुने भएको छ ।

सिरानचोक गाउँपालिका, नेपाल नेत्रहीन संघ पुनस्थापना कार्यक्रम गोरखा र नेपाल नेत्र ज्योति संघ भरतपुर चितवनको संयुक्त आयोजनामा सिरानचोक गाउँपालिका वडा नं ८ जौबारीमा नि:शुल्क मोतियाविन्दुको अपरेशनसहितको आखाँ शिबिर हुने भएको छ ।

उक्त शिविर असोज ९ गते बिहान ८ बजेदेखि १२ बजेसम्म धारापानी सामुदायीक स्वास्थ्य ईकाइमा आखाँ शिविर हुने भएको छ । त्यसैगरी, असोज ११ गते मंगलबारका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जौबारी प्राथमिक स्वास्थ्य केन्द्रमा आखाँ शिविर हुने भएको छ ।

आखाँमा समस्या भएका महानुभावले उक्त शिविरबाट नि:शुल्क आखाँ जाचँ तथा उपचार गराउन वडा अध्यक्ष दलमान गुरुङले सम्पूर्णमा अपिल गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.