February 24, 2024
स्वास्थ्य

सिरानचोक नयाँसाघुमा माघ २० मा मुटुरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर

गोरखा, आइतबार, १४ माघ २०८० । गोरखाको नयाँसाघुमा मुटु रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सिरानचोक गाउँपालिका, सहिद सुरेश वाग्ले (बासु) स्मृति प्रतिष्ठान र सेभ द हर्टको संयुत्त आयोजनामा माघ २० गते शिविर सञ्चालन हुन लागेको सहिद सुरेश वाग्ले (बासु) स्मृति प्रतिष्ठानका कोषाध्यक्ष बिकास वाग्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त दिन सिरानचोक गाउँपालिका–६ को नयाँसाघुमा रहेको श्री संसारी महेन्द्र माध्यामिक बिद्यालयमा शिविरको आयोजना गरिएको हो । शिविरमा करिब १ हजार मानिसले सेवा लिन सक्ने अनुमान गरिएको छ ।

शिविरमा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, शहिद गंगाला राष्ट्रिय हृदय रोग केन्द्र र नेपाल कार्डियो डायविटिज एण्ड थाईराइड सेन्टरको प्राविधिक सहयोगमा रहनेछ ।

शिविरमा मुट रोग बिशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा २० जनाको चिकित्स तथा स्वास्थ्यकर्मीको टोली राजधानीबाट आउने छन् ।

शिविरमा निःशुल्क परामर्श सेवा, ईसिजी, ईको कार्डियोग्राफी तथा निःशुल्क औषधी बितरण गरिने डा.अनिल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दिन विशेष गरेर बिद्यार्थी लक्षित सेवा दिने र त्यसबाट १८ बर्ष मुनीका बिद्यार्थीहरुको मुटु अप्रेशन गनुपर्ने खण्डमा राजधानीमा लगेर निुःशुलक अप्रेशन गराईने बताउनु भयो ।

डा.भट्टराईले शिविरमा जति सक्दो बिद्यार्थीहरुले सेवा लिन पनि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *