February 24, 2024
शिक्षा

सिरानचोक -३ हर्मीमा अवस्थित महेन्द्र लिला मा. बि. को ६१ औँ वार्षिक उत्सव सम्पन्न

गोरखा, आइतबार, १ पौष २०८० । गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ हर्मीमा अवस्थित महेन्द्र लिला मा. बि.को ६१ औँ वार्षिक उत्सव सम्पन्न भएको छ ।

सिरानचोक गाउँपालिकाको उपाध्यक्ष रिता देबकोटाको प्रमख आतिथ्यता सम्पन्न भएको उक्त वार्षिक उत्सवको अवसरमा उत्कृष्ट पठनपाठन गरेको तथा विधालयको काम कार्वाहीमा इमान्दारीताका साथ आफ्नो भूमिका निर्वाह गर्नु भएको शिक्षिका कमारी गुरुङलाई बिधालयले सम्मानित गरेको छ ।

प्रमुख अतिथी रिता देबकोटाले बिधालयको आगामी दिनमा अझ उन्नति प्रगतिको कामना गर्नु भयो । पालिकाभरिको ४६ सामुदायीक बिधालयहरुमध्ये महेन्द्र लिला हरेको गतिबिधिमा अब्बल रहेको बताउनु भयो ।

यस बिधालयले जुनसकै खेल तथा अन्य कार्यक्रममा गए पनि एउटा पोजिसन ल्याउने गरेको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ सिल प्रतियोगिता २ पटक सिल जितेको पनि स्मरण गराउनु भयो । खेल मैदानको अभाब रहेको भन्दै जग्गा खोजेर आए खेल मैदान बनाउन पालकिाले सहयोग गर्ने उपाअध्क्ष रीता देबकोटाले बताउनु भयो ।

सोही अवसरमा बिधालयमा बिभिन्न बिधामा उत्कृष्ठ हुने बिधार्थीहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष जगदिश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सिरानचोक गा.पा. स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगोता २०८० मा ६ स्वर्ण, ५ रजत र २ कास्य पदक गरी १३ पदक (सबैभन्दा बढी पदक) महेन्द्र लिला मा बि ले प्राप्त गर्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *