Thursday, September 23, 2021
More

    नेपाल एकिकरणमा अमरसिंह थापाको योगदान विषयक गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगाता सिरानचोकमा

    spot_img
    spot_img

    गोरखा, आइतबार, १७ साउन २०७८ । नेपाल एकिकरणमा अमरसिंह थापाको योगदान विषयक गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगाता सिरानचोकमा सम्पन्न भएको छ । राष्ट्रिय विभूति अमरसिँह थापाको २०५ औँ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुमा निर्माण गरिएको अमरसिंह थापा स्मृती पार्कमा दिबसको अवसरमा बिभिन्न कार्यक्रम गरिएको थियो ।

    नेपाल एकिकरणमा अमरसिंह थापाको योगदान विषयक गाउँपालिका स्तरीय वक्तृत्व कला प्रतियोगामा सात वटा विद्यालय सहभागी भएका थिए ।

    प्रतियोगितामा परोपकार आदर्श माध्यमिक विद्यालय जौवारीकी रचना सापकोटा प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, आहाल भञ्ज्याङ माध्यामिक विद्यालय थालाजुङकी सुजता अधिकारी दोश्रोस्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी संसारी महेन्द्र मावि गाँखुका दिपेन्द्र नेपाली तेश्रो स्थान हासिल गर्न सफल हुनु भएको थियो र जनज्योति मावि चिफ्लेटी विपना उपरकोटी सान्त्वना बाट पुरस्कृत हुनु भएको थियो ।

    गोरखा नगर पर्यटनका अध्यक्ष हरिकुमार थापाको अध्यक्षता तथा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, वडा अध्यक्ष नारायणबाबु दानी, वडा नम्बर ८ अध्यक्ष झटकप्रसाद दवाडी, यदुप्रसाद अधिकारी, उदयबहादुर भट्ट, आहालभञ्ज्याङ प्रधानाध्यापक केशरसिंह बस्नेत, संसारी महेन्द्र माविका प्रधानाध्यापक भोजराज कोइराला, भीमसेन पार्क गोरखाका अध्यक्ष अर्जुनप्रताभ राणा लगायतले अमरसिंह थापाको योगदान र जिबनीका बारेमा धारणा राख्नु भएको थियो ।

    अमरसिँह थापाको जन्मस्थान सिरानचोक गाउँपालिका ६ मा, काठमाडौंमा, पाँचथर लगायत विभिन्न ठाउँमा उहाँको स्मृति दिवस मनाइएको छ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    spot_img

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    16 − 7 =

    spot_img