गलत सम्झियाे वा उस्ले कमजाेर सम्झियाे
सुकिलाे लगायाे आफू अरु फाेहाेर सम्झियाे ।

दुई पैसा कमाएर शहर बस्न थाले पछि नै
गाँउका आफ्नै झुपडीलाई खाेर सम्झियाे ।

भाेकाएपछि भाेजन खाेज्नु स्वभाविक हाे
सडकका अनाथ भाेकालाई उ चाेर सम्झियाे ।

दाेवाटाेमा आई पुगेपछि छुट्नुपर्छ अवश्य
त्यतिबेलादेखि उस्ले मलाई कठाेर सम्झियाे ।

कल्पना गैरे
शुक्लागण्डकी, तनहुँ

२०७७ साल असोज ३ गते शनिबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here