May 18, 2024
राजनीति समाचार

सुदूरपश्चिम सरकारमा एमाले तत्काल सहभागी नहुने

काठमाडौँ, बिहिबार, ६ वैशाख २०८१ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आज बसेको बैठकले सरकारलाई बाहिर नै बसेर समर्थन गर्ने निर्णय गरेको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त हुनु भएको छ ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले आजै सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियाे ।

आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने तयारी गर्नुभएको मुख्यमन्त्री सोडारीले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीसमेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *