काठमाडौँ, बिहिबार, ८ साउन २०७७ । सुर्य खड्का र रिना के.सीको स्वरमा तिज गीत “पुर्याईदेउ धोको तिजमा” सार्वजनिक गरिएको छ ।

यो बर्ष नै चार वटा उत्कृष्ट तीज गीतमा कलम चलाएका अर्जुन सुबेदी को यस अघी परदेशी गायक सुर्य खड्कासंगको सहकार्यमा बजारमा आएको “पुर्याईदेउ धोको तीजमा“ बोलको गित युटुबमा निकै रुचाईपछि १ हप्ता मै ३ लाख बढी दर्शकहरुको नजरमा परेको छ ।

अर्जुन सुवेदीको शब्द र गायक सुर्य खड्काकै लय शृजना रहेको उक्त गीत मंगलवार साँझ सुर्य खड्काको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हिन्दु नारिहरुको महान पर्व तिज नजिकै आइरहेको बेला बजारमा एक पछी अर्को गर्दै निरन्तर रुपमा तिज गीतहरु सार्वजनिक भइरहेका छन । गीतको भिडियोमा अञ्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको छ भने भिडियो निर्देशन शंकर बि.सी ले गरेका छन् ।

बाग्लुङ्ग जैदीमा जन्मघर भएका सुबेदी चितवन रत्ननगर १० कैलाशटोलमा भर्खरै बसाई सरेका छन । बिगत आठ बर्ष देखी सुबेदी रोजगारीको शिलशीलामा जापानमा कार्यरत छन ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here