काठमाडौं, बिहिबार, २९ असोज २०७७ । नव-नियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनु भएको छ ।

आज बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताउनु भएको हो । कुनै पनि मन्त्रालयमा गलत कुराहरु छन् भने पनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउन मन्त्रालयले आफ्नो काम गर्नेसमेत उहाँले बताउनु भयो ।

साथै, मन्त्री गुरुङले आफूलाई सञ्‍चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताउनु भयो । कसैले पनि बाङ्गोटिङ्गो बाटोबाट सुझाव दिएको खण्डमा आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा सामाजिकमन्त्री रहेका गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो । जिम्मेवारी पाएसँगै आज बिहीबार अपरान्ह मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here