Monday, March 1, 2021
More

    सूचना प्रविधि लगानी सम्मेलन गर्दै छौं : मन्त्री गुरुङ

    काठमाडौं, आइतबार, १२ पौष २०७७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चाँडै नै सरकारले सूचना प्रविधि सम्मेलन गर्न लागेको बताउनु भएको छ ।

    सरकार र निजी क्षेत्र मिलेर मात्रै सूचना प्रविधिको क्षेत्रमा काम गर्न सम्भव भएको भन्दै मन्त्री गुरुङले यसका लागि लगानी सम्मेलन गर्ने तयारी भएको जनाउनु भयो ।

    शनिबार राजधानीमा आयोजित आईसीटी अवार्ड कार्यक्रममा बोल्दै उहाँले विदेशमा रहेका सूचना प्रविधि क्षेत्रका विज्ञलाई स्वदेशमा नै फर्काउने तयारी भइरहेको पनि बताउनु भयो ।

    उहाँले सूचना प्रविधिमा काम गर्नका लागि स्वदेश तथा विदेशका विज्ञलाई समेटेर प्रभूत्व समूह गठन गर्न थालिएको जानकारी दिनुभयो । मन्त्री गुरुङले साेही अवसरमा सूचना क्षेत्रमा काम गर्ने संघसंस्थाले सूचना क्षेत्रमा नै काम गर्नका लागि कार्यविधि तयार गरिरहेको बताउनु भयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here