तस्बिर

सेनाद्वारा बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्गअन्तर्गत १८ किलो मिटर सडक खण्ड हस्तान्तरण

काठमाडौँ, सोमबार, २७ असार २०७९ । नेपाली सेनाद्वारा बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्गअन्तर्गत १८ किलो मिटर सडक खण्ड हस्तान्तरण गरेको छ ।

नेपाली सेनाद्वारा निर्माणाधिन गोरखा जिल्लास्थित बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं.३ स्थित दोभानसम्मको १८ कि.मि.सडक खण्ड को ट्रयाक निर्माण कार्य सम्पन्न गरी आज सोमबार नेपाली सेनाका बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभाग अन्तर्गत ११ किलो छेपेटार-भालुस्वाँरा-वारपाक सडक योजना, गोरखाका प्रमुख सि.डि.ई. पशुपति ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको हो ।

गत २०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टान युक्त भू-बनोट आदिका कारण उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भए अनुरुप नेपाली सेनाद्वारा २०७४ बैशाख ११ गतेबाट ट्रयाक खोल्ने कार्य शुरु गरिएको थियो ।

उक्त सडक खण्डको निर्माण पश्चात गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्‍जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published.