February 24, 2024
राष्ट्रिय समाचार

सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

दुबई, बिहिबार, १४ मङ्सिर २०८० । कोप–२८ मा सहभागी हुन युएई आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् । उनले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका हुन् ।

त्यस्तै, आजै साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदै छ ।

प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ। उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *