काठमाडौँ, सोमबार, ८ असार २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

पछिल्लो समय ३ सय ७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपालमा २३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बाग्मती प्रदेशको रसुवा जिल्लामा भने हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here