काठमाडौं, सोमबार, २९ असार २०७७ । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ६ सय १३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने हालसम्म १० हजार २ सय ९४ जना कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १ हजार ७०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् । साथै, पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५१ जनाको पीसिआर परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here