गोरखा, मंगलबार, १६ बैशाख २०७७ । आफ्नो निर्णय बमोजिम स्थानीय जनतालाई लिएर आउने प्रक्रियामा निरन्तर लागि रहने सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्ले बताउनु भएको छ ।

यहि बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय गोरखामा भएको सर्वपक्षिय वैठकको निर्णय नं ९२० बमोजिम गोरखा जिल्लाका स्थानीय तहहरुले काठमाण्‍डौंमा रहेका आ-आफ्नो पालिकाका वासिन्दाहरु आफ्नो पालिकामा ल्याउने भनिए बमोजिम यहि बैशाख १५ गते जिल्ला प्रशासन कार्यालय गोरखाको पत्र बमोजिम सिरानचोक गाउँपालिकाले आफ्नो गाउँका बासिन्दा लिन बस काठमाडौँ पठाएको थियो ।

सिरानचोक गाउँपालिकाले आज एक बिज्ञप्ति जारी गर्दै, आजको मितिमा ८ वटा वसको व्यवस्था गरी काठमाडौं पठाएकोमा धादिङको गजुरी प्रहरी चौकीबाट विहान ६ बजे गोरखा फिर्ता पठाई दिएको र सिरानचोक गाउँपालिकाको पूर्व निर्णय बमोजिम आज विहानै ६ बजेदेखि काठमाण्‍डौंको सामाखुशी स्थित रहेको ग्रिनसिटी अस्पतालमा चेकजाँच उपस्थित भएको करिब ३०० जना सिरानचोकबासी महानुभावहरुलाई प्रहरी प्रशासनको अनुरोधलाई स्वीकार गर्दै निकै कष्‍ठका साथ काठमाण्डौंमा रहेको सिरानचोक गाउँपालिका काठमाण्‍डौं समन्वय समितिका साथीहरुले आ-आफ्नो वासस्थानमा फिर्ता पठाउनु भएकोमा सिरानचोक गाउँपालिकाले दुख ब्यक्त गरेको छ ।

सिरानचोक गाउँपालिकको पत्र र चलानी न १३८, १४१ १४२ का साथै बैशाख १५ गतेको पत्र अनुसार सवारी साधन नम्बर, सवारी साधनको किसिम, चालकको नाम थर, सवारी साधन चल्ने स्थान र यात्रा मिति समेत उल्लेख गरी ११ वटा सवारी साधन गोरखादेखि काठमाडौँसम्म जान र आउँनको लागि जिल्ला प्रसासन कार्यालय गोरखाले अनुमति दिएको थियो ।

काठमाण्‍डौंमा रहेका हाम्रा विद्यार्थी, मजदुर र सामान्य व्यवसाय गरी मर्कामा परेका महानुभावहरु आ-आफ्नो वास्थान फिर्ता हुन पाउने उनीहरुको मानव अधिकारलाई आत्मा सम्मान गर्नुको सट्टा सम्मानित सर्वोच्च अदालतले समेत आ-आफ्नो वासस्थानमा फिर्ता गर्नुपर्ने आदेशको समेत संघिय सरकारले वर्खिलाप गरेको कार्य प्रति गाउँपालिका खेद प्रकट गर्दछ, बिज्ञप्तिमा भनिएको छ ।

सिरानचोक गाउँपालिकाले स्वास्थ्य चेकजाँच गरी सवै सुरक्षाको विधि अपनाएर आफ्ना स्थानीय नागरिकहरुलाई उद्धार गर्न खोज्दा पनि यातायातमा समेत सेडिकेण्‍ट लादिएको आभास देखिन्छ । गाउँपालिका भित्र रहेका यातायात व्यवसायीहरुलाई सहयोग माग गरी सर्वसुलभ तवरबाट पठाईएको यातायात फिर्ता पठाईएको छ ।

काठमाण्‍डौंबाट सवारी साधन वाहिर आउन पाउने, वाहिरको सवारी साधन काठमाडौं जान नपाईने भन्‍ने कारणले गर्दा चर्को मुल्यमा काठमाण्‍डौंमा भएको सवारी साधनहरु भने रातारात गोरखा जिल्ला प्रवेश भएको घटनाले कोरोना महामारीमा कतै स्थानिय जनता र स्थानीय सरकार ठगिएको त छैनन यस विषयमा गोरखाका सवै पक्षले आवाज उठाउनु जरुरी रहेको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्ले बताउनु भएको छ ।

साथै, सिरानचोक गाउँपालिकाले आफ्नो निर्णय बमोजिम स्थानीय जनतालाई लिएर आउने प्रक्रियामा निरन्तर लागि रहने बताएको छ । हाललाई अर्को सूचना जारी नभए सम्मको लागि घर आउन चाहने महानुभावहरु केही समय धर्य धारण गरी काठमाण्‍डौंमा वसिदिनुहुन अध्यक्ष राजु गुरुङ्ले सबै गाउँबासीमा आग्रह गर्नु भएको छ ।

काठमाडौंमा रहेर अति समास्यामा परेका विद्यार्थी, कामदार, सामान्य व्यवसायी, भाडामा वस्ने सिरानचोकबासी महानुभावहरुलाई सिरानचोक गाउँपालिका वडा कार्यालयको सिफारिसमा काठमाण्‍डौंमा रहनु भएका समन्वय समितिका सदस्यहरु मार्फत राहत व्यवस्थापन गरिने बताउनु भएको छ ।

बिश्वभरी फैलिएको कोरोना भाइरस (केभिड-१९) को महामारीको जटिल परिस्थितीमा सहयोगी भूमिका निर्वाह गर्नु भएका स्थानिय वस व्यवसायी र काठमाडौंमा रहनु भएका सिरानचोक काठमाण्‍डौं समन्वय समितिका लगायत सहयोग गर्नु हुने महानुभावहरुलाई सिरानचोक गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here