February 24, 2024
पालिका विशेष

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, मंगलबार, २४ पौष २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा उनले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव भएका सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । “वैदेशिक रोजगार सूचना प्रणाली (एफईएमआईएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला,” उनको निर्देशन छ, “साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *