May 18, 2024
पालिका विशेष

स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने

काठमाडौँ, सोमबार, ३ चैत्र २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा समानीकरण अनुदान पठाउने बताएका छन् । संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध गर्दै आइरहेको थियो ।

महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका हुन् । कटौती गरिएको तेस्रो किस्ताको रकम पठाउने उनले बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महासंघसँग मुख्य सचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो नआउने भन्दै समानीकरण अनुदान नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताएका थिए ।

‘महासंघले समानीकरण अनुदान कटौती गर्दा स्थानीय सरकारको काम प्रभावित भएको विषयमा ध्यानाकर्षण गराएको थियो । त्यसमा प्रधानमन्त्री प्रचण्डले कटौती नगर्ने बताउनुभएको छ,’ महासंघका कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले भने ।

कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिले प्रतिवेदन हस्तान्तरण गरेको कार्यक्रममा महासंघकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रधानमन्त्री, मुख्य सचिव र अर्थ सचिव लगायतको उपस्थितिमा सरकारको जवाफ माग गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *