Friday, February 26, 2021
More

    स्थानीय तहसम्म महिला आयोगले सम्पर्क स्थापित गर्ने

    काठमाडौँ, बुधबार, २३ माघ २०७७ । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहसम्म सम्पर्क स्थापित गर्ने भएको छ ।

    आयोगका नवनियुक्त अध्यक्ष कमला पराजुलीले महिला हिंसाका समस्या समाधान गर्न नीतिगत रुपमा पहल गर्दै स्थानीय तहसँगको समन्वय बढाइने बताउनुभएको हो ।

    पदबहालीको भोलिपल्ट बिहीबार भद्रकालीस्थित आयोगको कार्यालयमा कुरा गर्दै उहाँले केन्द्रमा रहेका सेवालाई गाउँगाउँसम्म कसरी लैजाने भन्ने विषयमा आफ्नो पहिलो प्राथमिकता हुने र एक महिनाभित्र अनुभूत हुने तथा परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    ‘महिलामाथि हुने नयाँ–नयाँ घटनाका बारेमा अध्ययन अनुसन्धान गर्ने र त्यसको निराकरणका लागि अभियान सञ्चालन गर्न पनि आयोगको ध्यान जाने छ ।’ उहाँले भन्नुभयो,‘स्थान, परिवेश र घटनाको प्रकृति हेरी आवश्यकतानुरुप कानून परिमार्जन गर्न पनि आयोग तयार रहनेछ ।’ आयोगमा अध्यक्ष पराजुली र सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हाले बिहीबार सपथ ग्रहणपछि पदबहाली गर्नुभएको थियो ।

    महिलाको हकअधिकार रक्षा र पीडित महिलालाई कानूनी उपचार दिन लागि वि सं २०५८ मा आयोगको स्थापना भएको थियो । लामो समयसम्म रिक्त संवैधानिक आयोगमा बिहीबार नियुक्ति भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here