तिमिले आफ्ना सुखद
क्षणहरुलाई सुनाउँदा
मनभित्रका ती पुराना
कथाहरुलाई सुनाउँदा ।

यो होइन, त्यो हो, यस्तो पो हुन्छ
जे भनेपनि, जे सुनाए पनि
जहाँ जहिले जसरी सुनाएपनि
म सुनिरहे चुपचाप
मात्र सुनिरहे सधैं ।

तिमिले सुनाएका कुराहरु
तिम्रो मुस्कानसंगैं
सधै सधै म रमाईरहे
खुशी मनभित्रको, आभास छरिरहे ।

तिमी रुदाँ कोल्टे फेरी थाहा थियो
पुछेको आँसु तिमिले
सकिन तिमीसंगैं रुनसंगैं बसेर
लुकाएर आँसु, हासिरहे म सधै सधै ।

तिम्रै समिपैमा तिमिलाई हेर्दै
पोल्थ्यो मलाई तिम्रो चोट्ले सधैं
आफ्नो चोट्ले भन्दा निकै धेरै
तिमी हास्दा लाग्दथ्यो सधै मलाई
त्यो खुशी हो मात्र मेरै, मात्र मेरै ।

कर्म भित्र धर्म हुन्छ
भन्नेमात्र जाने मैले
तर, तिमिले बिस्तारै भन्न लाग्यौ
बदलिन्छ सबै समय संगैं ।

म लाचार भएर सुनिरहें
तिम्रा कुराहरु
भित्र भित्रै रोईरहे ।

मरुभूमिमा लगेर छोड्यौ तिमिले
टुटे मेरा सारा सपनाहरू
बालुवामा पुर्दै गयौ तिमिले हाम्रो
मनका मिठा ती कयौ यादहरु
मर्दै गए मेरा ति सारा रहरहरु ।

बद्लिए बसाई अनि शहरहरु
फेरिए जीबनका बाटाहरु
थामियो जीवन यतै कतै एक्लो ।

समय बद्लियो
परिबर्तन भयो जिन्दगी
थिएन अब म ,तिम्रो मनको बन्दि
खुला आकाश थियो मेरो सहारा
प्रकृति थियो मेरो मिल्ने शखी ।

धर्तीले मार्गदर्शन गर्दै छ अहिले
ऋतु बदलिएजस्तै बद्लिने
कोहि छैन सामु
अब म एक्लो भएको छु ।

डुब्यो हाम्रो जिन्दगीको कस्ति
तिमिले तार्न सकेनौ ताल
निभ्यो दीप बिश्वासमा
तिमिले सकेनौ राख्न ख्याल ।

समयले दिएको उपहार
जे दियो तेहि लिए
जे छ मेरो हातमा, काफी छ
सुखी छैन म, तर खुशी छु ।

तिमिले आफुलाई लुकायौ
सबैसंग लुक्यौ
आफैलाई चल्तीको पासा बनाएर
फालिदै गयौ ।

दाउ बनेर अरुको लागि
अन्त्यमा आफुनै सकियौ
हरायौ,यो दुनियाँमा तिमिपनि ।

बाकी रहयौ सम्झनामा मात्र
सधै सधै ।

कहिले नमेटिन मिठो सम्झनामा
सम्झदा आँसु झर्ने नियतिमा
रातमा अनि हरेक दिनहरूमा
खुशी अनि दु:खहरुमा ।

मेरो जीबनको हरेक पलपलमा
तिमिलाई दिएको
अन्तिम श्रदान्जलीमा
मेरो प्राथनाहरुमा
मेरो प्रतीक्षा समाप्तिहरुमा ।

सीमा पुरी
२०७७-०४-१४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here