काठमाडौँ, सोमबार, २२ भाद्र २०७७ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण टोखा नगरपाकिाले कोभिड-१९ रोकथाम र नियन्त्रण कार्यमा प्रत्यक्ष रुपमा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशतसम्म भत्ता प्रदान गरी स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने काम गरेको छ । यो कार्य अन्य स्थानीय तह भन्दा आफैंमा सराहनीय छ । जस अन्तर्गत नगपालिकाका प्रमुख प्रकाश अधिकारीसँग हाम्रा संवाददाताले गर्नुभएको कुराकानी :

टोखा नगररपालिकाले कोभिड-१९ रोकथाम र नियन्त्रण कार्य कसरी गर्दै आएको छ ?

स्थानीय सरकार जनताको नजिकको सरकार हो भन्ने अनुभूति दिने काम हामीले गरिरहेका छौं । उपत्यका नगरपालिका फोरमले जिल्ला प्रशासन कार्यालयले घोषणा गरेको निषेधाज्ञा पालना गराउँदै उपत्यकामा एकीकृत आइसोलेशन निर्माण गर्ने काम अगाडि बढाँउँदै टोखा नगरपालिका आफैंले टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा २८ बेडको आइसोलेशन निर्माण गरेको छौं । उक्त बेडलाई ७० देखि ८० बेडको बढाउने योजना बनाइ रहेका छौं । नगरपालिकाले नगरबासीको आशा र अपेक्षा अनुसार काम गरिहेको छ ।

नगरपालिकाले कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि सबै वडामा स्वयम् सेवक परिचालन गरेको हो ?

टोखा नगरपाालिकाले नगरपालिकाको ११ वटै वडमा स्वयम् सेवक परिचालन गरी कोभिड-१९ रोकथाम र नियन्त्रण कार्य गर्दै आएको छ । उक्त स्वयम् सेवकले सुरक्षाकर्मीलाई आवश्यक समन्वय गर्ने, कोभिड-१९ बाट बच्चे उपायका बारेमा नगरबासीलाई सचेतना अभिबृद्धि गर्ने, नियमित साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सचेतना अभिबृद्धि गर्ने कार्य गरिरहेका छन् । परिचालित सबै स्वयम् सेवालाई समेत नगरपालिकाले स्वास्थ्य बीमा गर्न लागेको छ ।

नगरपालिकाले स्वास्थ्यकर्मीलाई कति प्रतिशतसम्म भत्ता प्रदान गरेको छ ?

नगरपालिकाले नियमित रुपमा कोरोना रोकथाम र नियन्त्रण कार्यमा आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीलाई १५० प्रतिशसम्म भत्ता प्रदान गर्दै आएको छ । स्वास्थ्यकर्मीको कामको आधारमा नगरपालिकाले उक्त भत्ता रकम प्रदान गरेको हो ।

अहिले नगरपालिकाका सङ्क्रमितको अवस्था कस्तो छ ?

अहिले नगरपालिकामा लक्षण देखिएका सङ्क्रमितलाई आइसोलेशनमा राखिएको र लक्षण नदेखिएका सङ्क्रमित होम आइसोलेशनमा बसिरहेका सङ्क्रमितलाई पौष्टिक आहारका लागि भन्दै नगरपालिकाले रकम उपलब्ध गराउँदै आएको छ । यसले संक्रमितलाई रोगसँग लड्न सक्ने क्षमता अभिबृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here