Saturday, March 6, 2021
More

    हजुरआमा, बा संस्कृति हराउँदैं गएको नेपाली सहरी समाज

    माधव बानियाँ

    मानव जातिको उदगमथलो अफ्रिकी मुलुकको इथोपियामा सन १८०९ मा फ्रान्सका जीवशास्त्री मार्कले जीवहरुकोे अङ्ग विकास भएकोे बताएका छन् । यसलाई चाल्स डार्विनले जीवहरु विकासको सिद्धान्तबाट विकास भएको प्रमाणित गरका थिए ।

    वैज्ञानिकहरुका अनुसार मानव वा अरु जीव कुनै इश्वरबाट नभइ करोडौं वर्षको विकास क्रमसँगै जीवनको उदय भयो र यसै क्रममा मानिसको पनि बिकास भएको मानिन्छ । मानव र बाँदरको पुर्खा एकै भएको डार्विनको बिकासवादी सिद्धान्तमा रहेको छ । आजभन्दा करिब १ करोड ६० लाख वर्ष पहिला जंगलै जंगलले भरिएको अफ्रिकाको उष्ण प्रदेशिय भु– भागमा मानव जातिको बाँदर पुर्खाको बिकास भएको मानिन्छ । जब मानबको बिकास वा उत्पत्ति भयो मानव पयार्यवरणको नजिक रहेर घुमन्ते जीवन यापन गर्दै खानाको लागि जीव जन्तुको शिकार गर्न थाल्यो । समयको क्रमसँगै मानव स्थायी तथा सुब्यवस्थित जीवन बिताउन थाले । मानवको संख्यामा वृद्धिसँगै मानवले साँस्कृतिक प्रगति गर्दै गयो र प्राकृतिक संसोधनको अधिक भन्दा अधिक प्रयोग गर्दै गयो र आजको अवस्थामा आइपुग्न सफल भएको मानिन्छ ।

    बैज्ञानिकहरुका अनुसार पृथ्वीको अनुमानित उमेर ४÷५ अर्ब वर्ष सम्म रहेको छ । यस बिचमा पृथ्वीमा ठूला ठूला प्रलय भए हरेक प्रलयमा एउटा प्रजातीको अन्त र नयाँ प्रजातीको उदय भएको पाइन्छ । एक खोजका अनुसार पृथ्वीमा हाल सम्म ५ वटा महाप्रलयका घटनाहरु भएका छन् । आज भन्दा ६५ करोड वर्ष पहिले पृथ्वीमा गे्रटासियस मास एक्सटिसन्स अर्थात महाप्रलय भएको थियो । यस प्रलयले डाइनोसर लगायत ७४५ प्रजातीको बिनास भयो भने मानव जातिको उत्पति भयो । ग्रेटासियस महाप्रलय पछि डाइनोसरको बिनास सँगै स्तनधारी जीवको बिकास भएको पाइन्छ । यदि उक्त महाप्रलय नभएको भए मानव जातिको बिकास हुँदैंनथ्यो कि पनि भन्ने गरिन्छ । ग्रेटासियस आकाशीय पिण्ड पृथ्वीमा खस्ने प्रक्रिया हो ।

    आज भन्दा करिब ४० लाख वर्ष पहिले अफ्रिकाको पूर्वीय इलाकामा एक्स प्रजातीहरु रुखमा बस्थे र खानाको लागि दुइ खुट्टालाई प्रयोग गर्दै हिड्ने प्रयास गर्दथे । त्यसपछि होमो एटनस प्रजाती भने ध्वनीको प्रयोग गर्दथ्यो र आगोको प्रयोग गर्न मन पराउथ्यो यसै क्रममा होमोसिपियस प्रजातीको बिकास भयो यो प्रजातिले पछि गएर खेतीपाति पनि गर्न थाल्यो यही प्रजातिबाट मानवको बिकास भएको मानिन्छ ।

    सभ्यता बिकास हुँदैं जाने सिलसिलामा मानवको बस्ती नदिको छेउछाउबाट भएको देखिन्छ नाइल नदि, टिंगर नदि हवाङ्गोनदि, सिन्धुनदि आदिको छेउ छाउको समथर ठाउँमा घरजम गरेर बस्ने आदि गर्दै जाँदा पछि गएर ती ठाउँहरुमा घनावस्ती भएको पाइन्छ । नाइल र सिन्धु उपत्यकाको सभ्यता ४५०० देखि ४००० इसापूर्वमा भएको अनुमान गरिन्छ । मानव बिकास वा सभ्य युगमा आइपुगेपछि परिवार बिशेषगरी एकल वा संयुक्त दुई प्रकारमा बिभाजित भयो । परिवारलाई परिभाषित गर्ने क्रममा प्राचीन बिद्धान ल्पेटो र अरस्तुलले शास्त्रीय सिद्धान्त प्रतिपादित गरेका थिए । आधुनिक समयमा परिवार भनेको एकै घरको छानामुनी बस्ने एकै भान्साको खाना बाँडेर खाने विवाह, रगत सम्बन्ध भित्र अवद्ध सदस्यहरुको समूह हो ।

    एउटा भनाइ रहेको छ भने परिवार महत्वपूर्ण कुरा मात्र होइन यो त सबथोक हो संसारको सुखको सबैभन्दा ठूलो श्रोत परिवारलाई मानिन्छ । भनिन्छ घर कति ठूलो छ भब्य छ भन्दा पनि कति सुखी छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । घर त्यतिबेला खुसी हुन्छन् जतिबेला परिबारका हरेक सदस्य खुसी हुन्छन् । परिवार बलियो बनाउन एउटै छानामुनी बस्ने सदस्य बीच प्रेम र बिश्वास हुुनु आवश्यक छ । परिवार भित्र संवाद भएन भने आफ्नो मनको कुरा प्रष्टसँग राखिएन भने त्यहाँ असमजदारी उत्पन्न हुन जान्छ । यसर्थ साना ठूला सबैले परिवारमा खुलासा रुपमा कुरा राख्नु पर्दछ परिवार बलियो बनाउन परिबारभित्र एक अर्काप्रति बिश्वास हुनुपर्दछ । एकले अर्कालाई सम्मान गर्नुपर्छ परिवारका सदस्य एक अर्काप्रति इमान्दार हुनुपर्दछ । हरेकले हरेकको कुरा सुन्नुपर्छ । कुनै कुरामा बिबाद भयो भने त्यसलाई परिवार भित्रै सुल्झाउनु पर्छ एकले अर्काको कमजोरीमा प्रहार गर्नु हुँदैंन । परिवारका सदस्यले आप्mनो कुरा मात्रै माथि राख्ने गर्नु हँुदैंन बाहिरको मानिसको कुरा सुन्नु हुँदैंन तब मात्र परिवार बलियो बन्न सक्छ ।

    परिवार परिवारबाट समाजको रुप धारण गर्ने र ब्यक्तिको सहमतिबाट बन्ने हुन्छ । भौतिक समाजमा गाँस, वास, कपास हुन्छ भने मानसिक समाजमा सस्कृति, सभ्यता, संस्कार आदि हुन्छ । समाज मूल्यमा आधारित हुन्छ । समाजमा सामूहिकता हुन्छ । जात, जाति, धर्म समूदाय आदिको बिविधता हुन्छ । नेपाली समाज वर्ण ब्यवस्थामा बिभाजित भएको छ । जब मान्छेले समाजमा जन्म लिन्छ त्यसलाई बिभाजित गर्ने काम समाजले नै गरेको हुन्छ । ब्यक्ति र परिवारबाट समाज बन्ने भएकोले समाज भनेकै परिवार हो ।

    परिवारलाई मुख्य रुपमा एकल परिबार र संयुक्त परिवारमा परिभाषित गरिन्छ । यो लेखको उदेश्य संयुक्त परिवारसँग सम्बन्धित भएकोले त्यसैको सेरोफेरोमा चर्चा गरिएको छ । संयुक्त परिवारमा घरका सबैभन्दा ठूला पुरुष र महिलाको निर्णय नै मान्य हुन्छ । परम्परागत रुपमा थालिएको संयुक्त परिवार सहर भन्दा भन्दा ग्रामिण भेगमा बढी रहेको देखिन्छ । संयुक्त परिवारमा परिवारको दुइ वा तीन भाइ पिढी एक आपसमा मिलेर बसेका हुन्छन् । बिशेषगरी सहरी समाजमा वा मध्यमवर्गीय परिवारमा संयुक्त परिवारको अवधारणा खण्डित हुँदै गइरहेको देखिन्छ । परिवार भित्र समस्याको रुपमा रहेको जेनेरेसन ग्याप (पुस्तान्तर) हो । एउटा पुस्ताले अर्को पुस्ताको चालचलन ब्यवह।र शैली र बिचार धारणालाई स्वीकार्न सकिरहेको छैन ।

    हजुरबुबाको कुरा बुबाले र बुबाको कुरा छोराले नसुन्दा परिवार भित्र समस्या उत्पन्न भइरहेको छ । परिवारमा सबैभन्दा जेष्ठ सदस्यको रुपमा हजुरबुबा र हजुरआमा प्रति हिजो आजका ब्यक्तिले हेर्ने दृष्टिकोण नकारात्मक बनाएको पाइन्छ । नकारात्मक यस अर्थमा की वृद्ध वृद्धा भैसकेपछि उनीहरु समयसँगैं हिड्न असमर्थ भएका हुन्छन् । बिचार र सोच पुरानै प्रवृतिको हुन्छ । लवाइ, खवाइ, हिडाइ ब्यवहार आदिमा समय सापेक्ष नभई पुरानै प्रवृतिको हुन्छ । आधुनिकतालाई आत्मसात गरेको हुँदैंन भन्ने एकप्रकारको नकारात्मक सोचाइ पालेको हुन्छ । जबकी नाती नातिना वा छोरा बुहारीले ती वृद्ध वृद्धालाई जेनेरेसन ग्यापको नाममा अवहेलना नगरी परिवारमा सँगैं खाना खाने, कम्तिमा सातामा एक पटक उहँहरुको चाहना अनुसार संभव भएसम्म बाहिर घुमफिर गर्न लैजानु पर्ने कर्तब्य परिवारका सदस्यको जिम्मेवारी हुन जान्छ ।

    मान्छेको उमेर अनुसार उसका इच्छा दिनचर्या आकाङ्क्षा र चाहना फरक फरक हुने हुनाले त्यसलाई एकले अर्काको भावना बुझ्नु पर्दछ । यस लेखमा चर्चा गर्न खोजिएको हजुरआमा र हजुरबु्बाको प्रसङ्गई उल्लेख गर्नुपर्दा जीवनको उत्तरार्धमा रहेको मान्छे खासै चाहना हुँदैंन । केवल उसले संरक्षण मात्र चाहना राखेको पाइन्छ ।

    शारीरिक र मानसिक रुपले कमजोर भएका वृद्ध वृद्धालाई परवारका अन्य सदस्यहरुले स–साना कुरामा पनि बादविवाद गर्न, परिवारका अन्य सदस्यहरुले उहाँहरुका कुरालाई सुन्न नचाहने वा सुनेजस्तो गरेपनि खासै महत्व नदिने गुनासो सुन्ने गरिन्छ । हजुरआमा संस्कृतिको बारेमा रहेको प्रस्तुत लेखमा आमा शब्द कति महान र पवित्र छ भन्ने कुरा शब्दको लोकप्रियता र सहजताले नै प्रमाणित गर्दछ । ‘जननी जन्म मूमीश्च स्वर्गदपी गरियसी’, भन्ने उक्ती समाजका सबैले स्वीकार गरेकै हो ।आफ्ना इच्छा आकाङ्क्षा र चाहनालाई तिलान्जी दिएर छोराछोरीको लागि जे पनि गर्न तयार हुने आमा नौ महिना शारीरिक कष्टलाई पनि सहजै स्वीर्काछिन । मातापितासँग बिचारको भेदभाव हुन सक्छ तर त्यसलाई खराब टकराव दिनु हुदैंन । पिताले भनेको कुरालाई आपूmलाई प्रयोगमा नआउने भए पनि तपाइँले भनेको कुरा सही हो तर त्यसमा यस्तो यस्तो समस्या भयो र पूरा गर्न सकिदैंन भनेर सँझाउन सकिन्छ जसले गर्दा उहाँको चित्त दुख्दैन ।

    नेपाली समाज पाश्चत्य समाज जस्तो आधुनिक परिवारवादमा आधारित नभई परम्परागत रुपमा माया प्रेम, स्नेह सामूहिकतामा आधारित रहेको हुन्छ । परिवारमा पाश्चत्य समाजमा जस्तो निश्चित उमेर पुग्ने बित्तिकै समाज वा परिवारको बन्धनबाट मुक्त हुने, स्वतन्त्र हुने आमा बुबाको अगाडी नै प्रेमी प्रेमीकासाथ घरमा रात बिताउने हुदैंन । पूर्वीय सभ्यता वा संस्कृतिमा आधारित हाम्रो समाज वा परिवारमा निश्चित मूल्य र मान्यता रहदैं स्वतन्त्रताको उपभोग गर्ने गरिन्छ । स्वतन्त्रताको नाममा छाडातन्त्र समाजलाई वा परिवारलाई मान्नु हुदैंन ।

    नेपाली समाज क्रमशः आधुनिकता तर्फ ढल्कदैं गएको अवस्थामा हिजोको पारिवारिक मूल्य र मान्यता क्रमशः लोप हुदैं गइरहेको छ । परिवारमा हिजोको भन्दा आजको अवस्थामा आजको भन्दा भोलिको अवस्थामा समाजमा परिवर्तन हुदैं गएको छ । हिजोको समाजमा परिवार बिशेषगरी संयुक्त परिवारमा जोड दिइन्थ्यो । परिवारमा हजुरबुबा, हजुरआमा, काका काकी आदि हुँदा छोरा नाति नातिनीले संस्कार र पारिवारिक सुरक्षा र अभिभावकत्व महसुस गर्दथे । परिवारमा नाति नातिना हजुरआमा र हजुरबुबाको रेखदेखमा रही बाबुआमा आफ्नो पेशा ब्यवसायमा निर्धक्क रुपमा संलग्न हुने र हजुर आमा तथा हजुरबुबा पनि आफ्नो जिन्दगीको उत्तरार्धमा समय बिताउन सहज भएको तथा वृद्ध अवस्थामा छोरा बुहारीको जिम्मेवारीमा जीवन यापन सहज भएको महसुस गर्ने गर्दथे । यद्यपी यो प्रचलन अझैं कायम नै छ । आधुनिकताको नाममा वा पाश्चात्य समाजको प्रभावले समाजमा कतिपय परिवारमा वृद्ध आमाबुबालाई आफूसँग राख्न नचाहने वा समाजको डरले लोकाचारको लागि मात्र भएपनि राखेको जस्तो गर्ने तत् अनुरुप ब्वयहार समान र कर्तब्य पूरा नगर्न ब्यवहार गरेको देखिन्छ । मातापिता भनेको ईश्वरको रुप हुन भन्ने हाम्रो पूर्वीय मान्यताको समाजमा नाति नातिनाहरु विशेषगरी सहरी समाजका आमा बुबा भन्दा फूर्सदमा रहेका र बढी समय दिने तथा माया स्नेह प्रकट गर्न हजुरआमा र हजुरबुबा प्रति बढी नजिक हुनु बालबालिकाको विशेषता नै हो तर समाज वा परिवारले सभ्य र आधुनिकताको नाममा हजुर आमा वा हजुर बुबाको प्रचलन परम्परा संस्कृति हराउँदैं गइ बिभिन्न संघ संस्था वा शैक्षिक संस्थाको जिम्मा लगाई आप्mनो कर्तब्यबाट पन्छिनु समाजमा आडम्बरी देखाउन त्यस प्रकारको कार्य गरेको देखिन्छ । के यो उपयुक्त छ ?

    यो संसारमा तीन जनाको उपकार विशेष महत्व रहेको हुन्छ । १) माता २) पिता ३) गुरु । माता पिताले आफ्ना सबै सुख सुबिधा र इच्छा त्यागेर हामीलाई पर्वरिस गरेका हुन्छन । संसारमा कुनै यस्ता ब्यक्ति हुँदैंनन् जो मातापतिा जस्तो हाम्रो लागि त्याग गर्न तयार रहन्छन् । मातापितालाई भगवान सरह मान्ने पूर्वीय परम्परामा उनीहरुले हाम्रो जिन्दगी दिए । हामीलाई हरेक दुःखबाट बचाए । हरेक सुखमा साथ दिए । आमाबुबाले आफूलाई परेको समस्या हतपत छोराछोरीलाई ब्यक्त गर्दैनन् । हरेक समस्यालाई सहेर लालन पालनगरी इच्छा पूरा गर्छन । तर हामी आमा बुबाको हालखबर खासै सोच्ने गर्दैनौं, समय दिदैंनौं । उहाँहरुलाई घुमफिर गराउँदैंनौं । मठ मन्दिर तीर्थ लानको लागि समय दिदैंनौं । जब आमा बुबालाई हाम्रो आवश्यकता धेरै हुन्छ त्यतिबेला किन हामी वृद्धाश्रम छोडेर आउँछौं ? आफ्नो स्वार्थको लागि उहाँहरुलाई अलग गरिदिन्छौं आमालाई देवताकी देवी ममताकी खानी अनि यो सुन्दर संसारको सृष्टिकर्ता मानिन्छ ।

    जीवनमा सफल ब्यक्ति बन्नको लागि हामीले नैतिकता एवंम आदर्शको उचितमार्गमा हिड्नु पर्दछ । यो संभव त्यसबेला हुन्छ जब हामीले आपूmभन्दा ठूला वा बुज्रुकलाई मान सम्मान गर्छौं । कुनै पनि सभ्य समाजमा आपूm भन्दा वृद्ध वा बुज्रुक ब्यक्तिको आदर सम्मान अत्यन्त आवश्यक छ । आपूmभन्दा उमेरमा पाको भएका ब्यक्तिहरुमा सांसारिक अनुभव धेरै हुने हुनाले उहाँहरुमा भएको अनुभवबाट हाम्रो नैतिक बल पुग्छ र हामी नैतिकतावान सदाचारी बन्न प्रेरित गर्दछ ।

    २०७७ साल माघ २३ गते शुक्रबार |

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here