जेनेभा, बुधबार, ३१ बैशाख २०७७ । युनिसेफले नोभेल कोरोना भाइरसको संक्रमण निको नभए आगामी ६ महिनामा हरेक दिन ६ हजार बालबालिकाको मृत्यु हुने सम्भावना रहेको जनाइएको छ ।

कोरोना भाइरसले लगातार स्वास्थ्य प्रणालीलाई कमजोर बनाउँदै लगेसँगै आगामी ६ महिनामा हरेक दिन ६ हजार बालबालिकाको रोकथाम गर्न नसकी मृत्यु हुने युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र संघको बालबालिका एजेन्सीको जोन हप्‍किन्स बुलमबर्ग स्कुल अफ पब्लिक हेल्थले ग्लोबल हेल्‍थ जर्नलमा प्रकाशित विश्लेषणका आधारमा संयुक्त राष्ट्र संघीय बालबालिका एजेन्सीले यस्तो बताएको हो । न्यून र मध्यम आय भएका १ सय १८ मुलुकमा यसले बढी प्रभाव पार्ने बताइएको छ । आगामी छ महिनामा स्वास्थ्य सेवामा परेको प्रभावका कारण ५ वर्षमुनिका १२ लाख बालबालिको मृत्यु हुने बताइएको छ ।

आगामी ६ महिनामा ५६ हजार ७ सय  मातृ मृत्युदर हुने र केही मुलुकहरुमा एक लाख ४४ हजार बालबालिकाको यही अवधिमा अन्य मुलुकमा मृत्यु हुने जनाइएको छ ।

बंगलादेश, ब्राजिल, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, युगान्डा र तान्जेनियासहितका १० मुलुकमा यसको प्रभाव बढी पर्ने बताइएको छ । सीएनएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here