काठमाडौं, शनिबार १३ बैशाख २०७७ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप गर्ने वा नगर्ने भन्ने विषयको निर्णय मन्त्रिपरिषदले नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय भने गरेको सचिव नारायण विडारीले जानकारी दिनुभयो । सरकारले वैशाख १८ गतेसम्म बन्द राखेको उडानको समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो ।

समितिले कोरोना रोकथामका लागि अहिलेसम्म गरिएका काम सफलतापूर्वक सम्पन्न भएको ठहर समेत गरेको छ । सचिव विडारीका अनुसार लकडाउनको मोडालिटीबारे र के गर्ने भन्ने बारेमा उच्चस्तरबाटै निर्णय गर्नुपर्ने निष्कर्ष निकालेकाले मन्त्रिपरिषद बैठकले त्यो गर्ने बताउनु भयो । अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्ने उहाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here