प्रिय प्रकृति म तिमिलाई सम्झदै छु
महशुस गर्दै छु तिम्रा चोटहरु आज
किन यति सारो निस्ठुरी बन्यौ तिमी
म आज तिमिले चिरेको धर्ती हेर्दै छु ।

टेक्ने ठाउँ भासियो काहाँ टेकौ म
जोत्ने वारि नासियो कहाँ जोतौ म
लालाबाला सबै अकालै मरेका छन
प्रिय प्रकृति कस्को सहारामा बाचौं म ?

सपनाहरु छैनन अब यी आँखाहरुमा
कुन जिन्दगीलाई बोकेर हिड्नु अब
जीउँदै छु या मरिसकेको छु म खै
प्रिय् प्रकृति तिम्रा यी प्रहारहरुले ?

कहाँबाट सुरु गरौँ समेट्न मैले खै
तिम्रा प्रहारबाट भत्केका सपनाहरू
कहाँ लगेर बिसाउ यो एक्लो जिन्दगी
थाकेका मेरा पाईलाहरु अनि यो मन ?

तिम्रो सामु कायर् भएर उभिएको छु म
न मर्न सक्छु न फेरि यो जिन्दगी बसाउन
सबै थियो तरआज पलभर मै भिकारी भए
अब न पाउन सक्छु न गुमाउन छ बाकी ।

भेल बाढिलेखिनु चिराचिरा पारेको यो
जिन्दगी उपचार कहाँ लगी गराउ
रित्तो भएको छ मेरो सन्सार नै आज
तो रित्तो मनलाई कहाँ लगि भराउ ?

दयामा बाचौ कि स्वाभिमानमा ?
मस्तिष्कमा ठुलो छोट लागेको छ
यो रित्तो अनि खाली जिन्दगीमा
सहाराको आशा सिवाय बाकी अरु के नै छ ?

सीमा पुरी
२०७७/०४/३०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here