काठमाण्डाै, आइतबार, २१ बैशाख २०७७ । नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ ।

आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ ।

 नेपालगञ्जमा आज कोरोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको उमेर सातदेखि ५८ वर्ष रहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएका १० जनालाई नेपालगञ्जकाे कोरोना अस्पताल लैजाने तयारी गरिएकाे छ ।

अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक/एक जना गरी ४४ जनाको उपचार भइलिरहेको छ ।

अहिलेसम्म १६ जना भने उपचारपछि निको भएका मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here