काठमाडौं, मंगलबार, २३ बैशाख २०७७ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर निको हुनेको संख्या ११ लाख ९४ हजार ८ सय ५० पुगेको छ ।  विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३ सय ६४ पुगेको छ । विश्वका २ सय १२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको उक्त भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७ सय ९५ जना संक्रमित छन् ।

साथै, २१ लाख ९७ हजार ५ सय ९६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६ सय ३५ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १ सय ४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, एसियाली मुलुकहरुमा २० हजार ७८, दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार २ सय ७४ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८ सय ४८ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय १५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७ सय १७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १ सय ५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३ सय १ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १ सय ६४ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४ सय २८ पुगेको छ । १ लाख ५१ हजार ६ सय ३३ जना उपचारपछि निको भएका छन् ।

७१ हजार २ सय ४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २ सय ५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २ सय २१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९ सय ३८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८२ हजार ८ सय ७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९ सय ८० जनामध्ये १ हजार ४ सय ७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here