गोरखा, शुक्रबार, २३ जेठ २०७७ । गोरखाको सिरानचोक गाउँपालिकाद्वारा क्वारेन्टिनमा रहेकाहरुको कोरोना परीक्षण गरेको छ । पालिकाले भारतबाट आउनु भएका ११ जना र बिरजंगबाट आएका १ जना गरी जम्मा १२ जनाको पिसिआर गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

केही दिन भित्र उहाँहरुको रिर्पोट आउने बताइएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको आजको जटिल परिस्थितिमा सिरानचोक गाउँपालिकाले परीक्षणका लागि आवश्यक भिटिएमको खरिद गरी परीक्षणलाई तिब्र बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

गोरखामा छिमेकी मुलुक भारत र देशका विभिन्न ठाउँबाट आएका करिब २ जनाको पिसिआर परीक्षणको काम भइरहेको छ । जिल्लामा अहिले एक सय मात्र भिटिएम रहेकाले परीक्षणमा भने समस्या भएको छ । थप भिटिएम उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here