Saturday, January 16, 2021
More

    १५ वर्षमा जनउत्थान साकोस

    बुटवल, शनिबार, ४ पौष २०७७ । वि.स. २०६२ सालमा स्थापना भएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था १५ वर्ष प्रवेश गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी संस्थाले १५ औं वार्षिक उत्सव मनाएको छ ।

    वि.स. २०५९ सालमा ३१ सदस्यबाट प्रतिव्यक्ति सय रुपयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाको नाममा सुरु गरिएको संस्था आज मुलुककै उत्कृष्ठ सहकारीको रुपमा परिचित छ ।

    १५ औं वार्षिक उत्सवको अवसरमा प्लस टु र ब्याचलर अध्ययन गर्ने १२ जना विद्यार्थीहरुलाई ५/५ हजार गरिब वा जेहन्दार छात्रवृत्ती वितरण गरिएको छ ।

    १२ जना बाख्रा पालकहरुलाई १०/१० हजार २ वर्ष लागि निर्ब्याज ऋण सहयोग गरेको छ । १० जना सफल ब्यापारीहरुलाई सफल व्यवसायी सम्मान कार्यक्रम, १० जना सफल कृषकहरुलाई सफल कृषक सम्मान कार्यक्रम, ३ वटा आमा समूहरु (बभनी आमा समूह बभनी, आदर्श आमा समूह मडाहा, दिपज्योति आमा समूह भैरहवा) लाई १५/१५ हजार आमा समूह विकास अक्षय कोष सहयोग गरेको छ ।

    ३ वटा विद्यालयहरु ५०/५० हजार विद्यालय विकास अक्षय कोष सहयोग र नेपाल अभिनास अनाथ आश्रम कोटिहवालाई १५ हजार अक्षयकोष सहयोग कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो ।

    संस्थाले आर्थिक वर्षभित्र २५ हजार साधारण सदस्य पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल संस्थामा २० हजार ९ सय ५८ सदस्य रहेको छ । रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा केन्द्रिय कार्यालय रही जिल्लाका अन्य ४ स्थानमा सेवा कार्यालय सञ्चालनमा ल्याएको सहकारीले थप ३ सेवा कार्यालय विस्तार गर्ने योजना बनाएको छ । संस्थाको वासलत २ अर्ब ५ करोड बराबरको रहेको छ भने आगामी १० वर्ष भित्र १४ अर्ब पुर्याउने लक्ष्य राखेको छ ।

    सो अवधिसम्म २१ वटा सेवा केन्द्रहरु स्थापना गर्नुका साथै १ लाख २० हजार ३ सय ४६ सेयर सदस्य पुर्याउने लक्ष्य राखिएको संस्थाका व्यवस्थापक रनबहादुर थापाले बताउनुभयो । संस्थामा ४२ जना कर्मचारी रहेका छन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here