काठमाडौँ, शुक्रबार, १९ असार २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कुल सङ्क्रमितको संख्या १५ हजार २ सय ५९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आज शुक्रबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशको विभिन्न २५ प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा ७४० जनामा सङ्क्रमण भेटिएको बताउनु भयो । साथै, आजै ८ सय २३ जना निको भएर घर फर्केको जानकारी दिनुभयो ।

नेपालका सबै ७७ जिल्लाका मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म नेपालमा ६ हजार १ सय ४३ जना निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here