काठमाडौं, शनिबार, ३१ साउन २०७७ । पछिल्लो २४ घण्टामा ४ सय ६८ कोरोना संक्रमित थपिएका छन् ।

आज शनिबार भएको ११ हजार ४७ पीसीआर परीक्षणमा ४ सय ६८ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा १ सय २४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १ सय ९३ सक्रिय संक्रमितको संख्या रहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here