काठमाडौं, बुधबार, १४ जेठ २०७७ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

बुधवार विहान सम्म पछिल्लो २४ घण्टामा ९४ हजार २ सय २४ नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २ सय ७१ पुगेको छ ।

त्यसैगरी, एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६ सय ६७ पुगेको छ ।

विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २८ हजार १ सय ३२ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख २ सय २ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ । बुधबार बिहान ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६ सय १ जनाको मृत्यु भएको छ । १९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २६ हजार ४ सय ९२ पुगेको छ । त्यसमध्ये ५ लाख ९३ हजार ८ सय २७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, एसियाली मुलुकहरुमा २८ हजार २ सय २० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९ सय १८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९ सय ३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७ सय ४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ६ सय १३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५ सय ४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९ सय २ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २३ जनाको मृत्यु भएको छ । ८ हजार ७ सय ४१ जना संक्रमित भएकोमा ८ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५ सय ४५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४ सय जनामध्ये ४ लाख ७८ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here