काठमाडौं, शनिबार, १७ जेठ २०७७ । विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २६ लाख ५६ हजार १ सय बढी मानिस संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।

शनिवार विहानसम्म २६ लाख ५६ हजार १ सय ४४ जना मानिस संक्रमणमुक्त भएका छन् । ५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म २ सय १३ मुलुक र २ पानीजहाजमा गरी ६० लाख २६ हजार ३ सय ७५ जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ४ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । साथै, एकैदिन अरू ४ हजार ८ सय ६९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ४ सय १८ पुगेको छ। ३० लाख ३ हजार ८ सय १३ जनाको उपचार भइरहेकोमा ५३ हजार ७ सय ३६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार विहान ५ बजेसम्म १ लाख ७२ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

१९ लाख ८६ हजार ८ सय ९१ जना संक्रमित भएकोमा ९ लाख ६३ हजार १ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २१ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख १० हजार ९ सय १३ पुगेको छ । त्यसमध्ये ६ लाख ४६ हजार २ सय ५० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, एसियाली मुलुकहरुमा २९ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ । १० लाख ८० हजार ४ सय ३४ जना संक्रमित भएकोमा ६ लाख ५१ हजार ४ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३८ हजार १ सय ५४ जनाको मृत्यु भएको छ । ७ लाख ९७ हजार ८ सय ६८ जना संक्रमित भएकोमा ३ लाख २७ हजार ८ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ९ सय ४५ जनाको ज्यान गएको छ भने १ लाख ३७ हजार ५ सय ४४ जना संक्रमित छन् । संक्रमितमध्ये ५८ हजार १ सय ९६ जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २५ जनाको मृत्यु भएको छ । ८ हजार ७ सय ८२ जना संक्रमित भएकोमा ८ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here