काठमाडौं, आइतबार, १८ जेठ २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१५ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३ सय ८० जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । साथै, एकै दिन थप ४ हजार २ सय ७० जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ८ सय ७० पुगेको छ ।

३० लाख ४५ हजार ४ सय ३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५ सय ३ जनाको अवस्था गम्भीर छ भने २७ लाख ३४ हजार ५ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसका संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २ सय ८० जनाको मृत्यु भएको छ । २० लाख ४ हजार २ सय २६ जना संक्रमित भएकोमा ९ लाख ७८ हजार २ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४ सय ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ४० हजार ८ सय ३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, एसियाली मुलुकहरुमा ३० हजार २ सय ७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५ सय २१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । ८ लाख ४४ हजार ६ सय १९ जना संक्रमित भएकोमा ३ लाख ४५ हजार ८ सय २१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७ सय ६९ जना संक्रमित छन् । संक्रमितमध्ये ६० हजार ९ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७९४ जना संक्रमित भएकोमा ८ हजार १ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here