काठमाडौं, सोमबार, १९ जेठ २०७७ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६२ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा गरी ६२ लाख ६३ हजार ६४ जना संक्रमित भएका छन् । २४ घण्टामा १ लाख ८ हजार ९ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, एकैदिन अरू ३ हजार ४ सय ६२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ८ सय ५८ पुगेको छ ।

३० लाख ४२ हजार ४ सय १० जनाको उपचार भइरहेकोमा ५३ हजार ४ सय ९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसका संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार विहान सम्म १ लाख ७३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । २० लाख १९ हजार ७ सय ८१ जना संक्रमित भएकोमा ९ लाख ८७ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २४ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ६९ हजार ९ सय ३२ पुगेको छ । त्यसमध्ये ६ लाख ७८ हजार ६ सय १ जना संक्रमणमुक्त भएका छन् । साथै, एसियाली मुलुकहरुमा ३० हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । ११ लाख ३६ हजार ८ सय १६ जना संक्रमित भएकोमा ६ लाख ९४ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४० हजार ८१ जनाको मृत्यु भएको छ । ८ लाख ७७ हजार ९ सय ४४ जना संक्रमित भएकोमा ३ लाख ५२ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार २ सय ४५ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ७ सय ७३ जना संक्रमित छन् । संक्रमितमध्ये ६३ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २५ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ४ जना संक्रमित भएकोमा ८ हजार १ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here