काठमाडौं, बुधबार, २१ जेठ २०७७ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१ ५ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६ सय ९० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ५ सय १९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ७ सय ९ पुगेको छ । ३० लाख ८६ हजार ७ सय २४ जनाको उपचार भइरहेकोमा ५४ हजार ५ सय ४८ जनाको अवस्था गम्भीर छ भने ३० लाख ५ हजार २ सय ५७ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ ।

२० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख २० हजार २ सय ८० पुगेको छ । त्यसमध्ये ७ लाख ८९ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २ सय २८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४२ हजार ५ सय २५ जनाको मृत्यु भएको छ । ९ लाख ४० हजार ८ सय ८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ५ सय ११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७ सय १ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ८ सय ८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ३१ जना संक्रमित भएकोमा ८ हजार सय ८ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here