काठमाडौं, बिहिबार, २९ जेठ २०७७ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ७ सय २३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ लाख १८ हजार ८ सय ७२ पुगेको छ ।

विश्वका २ सय १५ मुलुक र २ ओटा अन्तराष्टिय पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ४० हजार ८ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ७४ लाख ५१ हजार ५ सय २३ पुगेको छ ।

३३ लाख २ हजार ३ सय २१ जनाको उपचार भइरहेकोमा ५३ हजार ८ सय ११जनाको अवस्था गम्भीर छ । ३७ लाख ३३ हजार ३ सय ७६ मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८० हजार ९ सय ४१ जनाको मृत्यु भएको छ ।

२१ लाख ३९ हजार ७ सय ३८ जना संक्रमित भएकोमा ११ लाख २० हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३९ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ५५ हजार ४ सय ४९ पुगेको छ । त्यसमध्ये ९ लाख ८३ हजार ५ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, एसियाली मुलुकहरुमा ३७ हजार ८१ जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार १ सय ९६ जना संक्रमित भएकोमा ८ लाख ८९ हजार ४ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५४ हजार ६ सय २३ जनाको मृत्यु भएको छ । १२ लाख ६७ हजार १ सय १५ जना संक्रमित भएकोमा ६ लाख २५ हजार ७ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख १२ हजार ११ संक्रमित छन् । संक्रमितमध्ये ९७ हजार १ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ८७ जना संक्रमित भएकोमा ८ हजार ३ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here