काठमाडौं, शुक्रबार, ३० जेठ २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) दिनप्रतिदिन लाखौको संख्या नयाँ संक्रमित थपिएका छन् । चिनको वुहान सहरबाट फैलिन सुरु भएको साढे ५ महिना पुग्दा यस कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५ सय ३८ जनाको मृत्यु भएको छ ।यससँगै मृतकको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुगेको छ ।

विश्वका २ सय १५ मुलुक र २ ओटा अन्तराष्टिय पानी जहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७५ लाख ८३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ३ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ७५ लाख ८९ हजार १ सय १ पुगेको छ । ३३ लाख २६ हजार १० जनाको उपचार भइरहेकोमा ५३ हजार ९ सय २ जनाको अवस्था गम्भीर छ । ३८ लाख ३९ हजार ३ सय भन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८१ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ । २१ लाख ५६ हजार १ सय ४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४ सय ९० जना संक्रमण मुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४१ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १ सय ७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १ सय ६८ जना संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी, एसियाली मुलुकहरुमा ३७ हजार ९ सय जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३ सय ३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५ सय ७४ जना संक्रमण मुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ५६ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९ सय ८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८ सय ६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २ सय ६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६ सय ६५ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ९६ जना संक्रमित भएकोमा ८ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here