काठमाडौँ, शनिबार, ४ पौष २०७७ । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण उत्पन्न जटिल परिस्थितिमा समस्यामा परेका बिधार्थीका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ ।

श्री जनता आधारभुत बिद्यालयका ३५ जना बिधार्थी, श्री बाराही आधारभुत बिद्यालयका ४७ जना बिधार्थी, श्री अमरज्योती आधारभुत बिद्यालयका १ सय ४ जना बिधार्थी, श्री शिलादेवी आधारभुत बिद्यालयका ५२ जना बिधार्थी, श्री सेती देवी मा.बि का ३ जना बिधार्थी, सर्लाह मुशहर वस्तीका ६० जना बिधार्थी र श्री भुमेस्थान आधारभुत बिद्यालयका २८ जना बिधार्थी गरी जम्मा ३ सय २९ जनाले सहयोग पाउनु भएको छ । “सबैका लागि निशु:ल्क गुणस्तरिय शिक्षा” मूल नाराका साथ बिभिन्न बिद्यालयका ३२९ जना बिधार्थी भाई बहिनीहरुलाई बिद्यालय जान सहज होस भनेर बिद्यालय पोशाक ट्याकसुट, बिद्यालय झोला, कापी, कलम, जुत्ता, पानी खाने बोटल, मास्क, सेनेटाईजरजस्ता बिद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीहरु प्रदान गरिएको अभियान्ता पुनम खड्गीले जानकारी दिनु भयो ।

बिद्यार्थीहरुलाई बिद्यालय तर्फ कसरी आकर्षक बनाउन सकिन्छ, र उनीहरुलाई सिकाईको फरक अभ्यास मार्फत कसरी सिकाई गर्न सकिन्छ बह्नी सदैव प्रयास निरन्तर रुपमा सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान संचालन गरिरहेको उहाँले बताउनु भयो ।

अभियान्ता पुनम खड्गी भन्नुहुन्छ, हाम्रो एउटा अभियान मात्र हो, जसले गर्दा चाहेर पनि धेरै जसो सहयोगी मनहरुले सबै ठाँउमा पनि संचालन गर्नको लागि आग्रह गरिरहनु भएको छ । तर, मनकारी सहयोगी महानुभावहरु मार्फत संकलन गरिएको सानो सानो सहयोगले धेरै तिर छरिरहन् कठिन छ, अनि निरन्तरता भएन भने यसले हामीले खोजेको जस्तो रिजल्ट दिदैन तसर्थ पनि हाम्रो निरन्तरता सिक्दै सिक्दै अघि बढिरहेका छौ, उहाँले भन्नुभयो ।