पोखरा, बुधबार, २४ बैशाख २०७७ । न्युराेड युवा क्लबको विशेष सक्रियता र सहयोग तथा क्ल्बका सदस्य, हाल जापानमा रहेका युवाहरूको विशेष सहयोगमा पोखरा महानगरपालिका वडा नं ९ न्युरोडमा मंगलबार ४० परिवारलाई राहत वितरण गरेको छ ।

राहत वितरण कार्यक्रमको उद्घाटन गर्नुहुदै अध्यक्ष रामराजा लामिछानेले “कोरोना भाइरसले सिर्जित महामारीको बेलामा अति विपन्न असहाय परिवारलाई सहयोग गर्नु मानवीय सेवा र धर्म हो” भन्नू हुदै न्युरोड क्लबले अत्यन्तै पवित्र मनले राहत वितरण गरी सेवा गरेकोमा वडाको तर्फबाट धन्यवाद दिनुभयो ।

वडाले समेट्न नसकेका र वडाको मापदण्ड भित्र नपरेका मजदुरहरुलाई राहतमा अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, तेल , आलु र चाउचाउ वितरण गरिएको न्युरोड क्लबका उपाध्यक्ष बंशाज खवास ठकुरीले बताउनु भयो । उपाध्यक्ष खवासले “हामीले क्लबको तर्फबाट पहिलो चरणमा चण्डीका मन्दिर दरबारथोक , न्युरोड , नयाँबजार, बसपार्क, नागढुङ्गा गरी  वडा ८ र ९ का विपन्न तथा आर्थिकस्थिति कमजोर रहेका मजदुरहरुलाई राहत वितरण गरिसकेका छौं भने यो दोश्रो पटक वितरण गरेका हौं ” भन्नुभयो । वहाँले आफुहरु मार्फत राहत सहयोग गर्नु भएका जापान बासी दाज्युभाइलाई विशेष धन्यवाद पनि दिनुभयो ।

वडा नम्बर ९ को समन्वयमा जनप्रतिनिधि सुरेश खवास, न्युरोड टोल सुधार समितिका अध्यक्ष दीपेन्द्र मर्सानी, सभागृह प्रहरी विटका प्रहरी जवान सुरेश अधिकारीको रोहवरमा भएको राहत वितरण कार्यक्रममा, स्थानिय युवा, समाजसेवी, हाम्रो क्लब पृथ्वीचोक परिवार र क्लब परिवारको उपस्तिथि रहेको थियो ।

लकडाउनकाकारण मजदुरी गरेर साँझ बिहान छाक टार्ने मजदुरहरुको दैनिकी कष्टकर हुदै गएको बेला न्युरोड युवा क्लबका युवाहरूद्वारा यस्तो सामाजिक भावना जागृत हुनुले समाजले युवाहरू प्रति आशाका किरण जगाउदै उदाहरणीय काम भन्दै प्रसंशा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here