काठमाडौं, मंगलबार, २ असार २०७७ । २ ओटा अन्तराष्ट्रिय पानी जहाज र विश्वका २ सय १५ मूलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २८ हजार २० नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमित हुनेको संख्या ८१ लाख १२ हजार ५ सय ६५ पुगेको छ ।

संक्रमित ३४ लाख ८१ हजार ७ सय ५३ जनाको उपचार भइरहेको छ भने ४२ लाख १ हजार ९ सय ७४ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।

२२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४५ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९ सय १४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४१ हजार १ सय ५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार १ सय १९ जना संक्रमित भएकोमा १० लाख १८ हजार १ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६१ हजार ५ सय ४० जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार ५ सय ४६ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ७ सय ९३ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार २ सय १४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ९ सय ४६ जना संक्रमित भएकोमा ८ हजार ४ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here