काठमाडौं, बिहिबार, २९ जेठ २०७७ । सज्जन महिला साकोसको संयोजनमा आज बिहिबार दशौँ चरणको राहत विपन्न तथा गरिव ५५ परिवारहरुलाई वितरण गरिएको छ । आज लकडाउनको ८० औं दिन हुँदै गर्दा समस्यामा परेका आफ्ना सदस्यहरुलाई दाताहरूबाट प्राप्त खाद्यान्न संकलन गरी ५५ परिवारलाई वितरण गरिएको हो ।

राहत वितरण का.म. पा. वडा न -६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरी, उपाध्यक्ष गीता श्रेष्ठ, सचिव कमला ढुंगाना, संचालक कमला खनाल, लेखा समिति सदस्य चन्द्रमा अधिकारी, ब्यवस्थापक नगीना सिंह भण्डारीको रोहबरमा उक्त खाधान्न सामाग्री वितरण गरिएको थियो ।

संस्थाको तर्फबाट पदमा पुरी, शिवराम घिमिरे, लक्ष्मी मगर, गिता खतिवडा, रमिला लामिछाने, बबिता बस्नेत, बसुधा कक्षपति, संस्थाका सदस्य मिन माया भुजेल, मनिषा दुवाल र बिमला ढकालले बितरण तथा प्याकिङ्गमा सहयोग पुर्याउनु भएको थियो । संस्थाका सदस्य तथा शान्तिनगर, कपन, चाबहिल आसपासमा ज्याला मजदुरी, विपन्न तथा गरिब ५५ परिवारका सदस्यहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

आज हामी राहत वितरण अभियान अन्तर्गत दशौँ चरणमा छौ ‘सहयोगी मनका कारण आज ५५ परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । हाम्रा बिभिन्न दाताहरुले खुल्ला हृदयका साथ संस्था मार्फत सहयोग प्रदान गर्न इच्छा गर्नुभएको कारण माध्यमका रुपमा आफ्ना सदस्य लगायत समस्यामा परेकाहरुलाई सहयोग गर्नको लागि संस्थाले अग्रसरता देखाई सहयोगी हातहरु तथा समस्यामा पर्नु भएका परिवारकोबीच पूलको रुपमा काम गरिरहेको सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरीले भन्नुभयो ।

आजको खाधान्न वितरण दशौँ चरण अन्तर्गत दाताको रुपमा का.म.पा वडा नम्बर ६ वडा कार्यालयबाट १० बोरा चामल, समाजसेवी कुञ्जन महतबाट १ बोरा चामल – ५ किलो दाल, थिर बहादुर तमाङबाट १ बोरा चामल, बबी अधिकारीबाट १० किलो दाल, शान्ता खड्काबाट १० किलो दाल, रन्जु ढकालबाट १५ किलो दाल, संचालक समिति सदस्य गीता श्रेष्ठबाट ५० पाकेट नुन, शिक्षा समितिका संयोजक प्रतिभा निरौलाबाट २० किलो दाल, बिष्णु गुरुङबाट ३० लिटर तेल, समाजसेवी रुद्र बहादुर बराइलीबाट २० लिटर तेल, संस्थाका सदस्य निलम जोशीले नगद दुई हजार, समाजसेवी इन्द्र बहादुर थापाबाट नगद पाच हजार, प्रज्वल ढकालबाट जन्मदिनको शुभ अबसरमा नगद तीन हजार, समाजसेवी धर्मसागर ढकालबाट नगद तीन हजार, साथी समाज २०४८ गौरीघाटबाट नगद तीन हजार संस्थाको अध्यक्ष सीमा पुरी र ब्यबस्थापक नगीना सिंह भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

यस महान कार्यमा सहयोगी सदस्यहरुलाई सज्जन महिला साकोसको तर्फबाट धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here