नेपालगञ्ज, आइतबार, २१ बैशाख २०७७ । नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै, नेपालगञ्जमा आज (आइतबार) मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here